इरान युद्धमा अमेरिकाको खर्च ३७.५ अर्ब डलर खर्च
nepalnews.com · Wed Jul 22 04:47:00 GMT 2026

रोयटर्स । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानविरुद्धको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब अमेरिकी डलर खर्च भइसकेको बताएका छन्। युद्धका लागि थप बजेटको माग गर्दै उनले पहिलो पटक अमेरिकी सांसदहरूसामु उपस्थित भई अतिरिक्त बजेट माग गरेका हुन्।
आगामी मध्यावधि निर्वाचन नजिकिँदै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीमाथि प्रतिनिधिसभा र सिनेटको बहुमत जोगाउने दबाब बढेको छ। यसबीच डेमोक्र्याटहरूले महँगो र अलोकप्रिय इरान युद्धलाई राजनीतिक मुद्दा बनाउँदै सरकारको आलोचना तीव्र पारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)