अफगानिस्तानमा भीषण बाढी : २३ जनाको मृत्यु, १०० बेपत्ता
barnanmedia.com · Wed Jul 22 04:46:19 GMT 2026

काठमाडौं । अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा आएको बाढीका कारण २३ जनाको मृत्यु भएको छ । एक सयभन्दा धेरै बेपत्ता भएका छन् ।
बाढीपछि उद्धार तथा राहत टोलीहरू भग्नावशेषमा पुरिएका मानिसहरूको खोजीमा जुटेको संचार माध्यमहरूले जनाएका छन् । अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार आएको बाढीमा कम्तीमा २३ जनाको मृत्यु भएको छ । ८० जना घाइते भएका छन् । एक सयभन्दा बढी मानिसहरू अझै बेपत्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)