वागमतीमा एमालेका मन्त्रीहरूले दिए सामूहिक राजीनामा, संकटमा मुख्यमन्त्री बानियाँ
nepalviews.com · Wed Jul 22 05:07:33 GMT 2026

काठमाडौं । वागमती प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । एमाले र कांग्रेसको गठबन्धन सरकारबाट एमाले बाहरिएको हो । एमालेका मन्त्रीहरूले बुधबार सामूहिक राजीनामा दिएका छन् । यसअघि एमालेको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए । कांग्रेसको नेतृत्व रहेको वागमतीबाट एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् ।
एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री इन्द्र बानियाँको सरकार संकटमा परेको छ । १०४ सदस्यीय प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसको ३६ सिट छ । बहुमतका लागि कांग्रेसलाई थप १७ सिटको आवश्यकता पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)