कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
ratopati.com · Wed Jul 22 05:18:04 GMT 2026

लामो समयको नीतिगत अन्योल, कानुनी जटिलता र पूर्वाधारगत तयारीको प्रतीक्षापछि अन्ततः विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) मा रहेको नेपाल कस्टम यार्डमा मालवाहक कार्गो रेल भित्रिएको छ । कार्गो रेलको आगमन नेपालको इतिहासमै सबैभन्दा पुरानो र रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको मोरङ–सुनसरी औद्योगिक कोरिडोरका लागि एउटा ऐतिहासिक कोसेढुङ्गा अर्थात् ‘माइलस्टोन’ साबित भएको छ ।
विगतमा पूर्वाधार निर्माण सम्पन्न भएर पनि भारत र नेपालतर्फका रेल्वे संयन्त्रहरूबिच पर्याप्त प्राविधिक तथा कानुनी तादाम्यता नमिल्दा रेल मार्ग सञ्चालन हुन सकेको थिएन । हाल दुवै देशका उच्च सरकारी तह र सम्बद्ध निकायहरूको निरन्तर पहलकदमीबाट पुराना प्रक्रियागत जटिलताहरू हल भएपछि रेल मार्ग व्यावसायिक रूपमा सञ्चालनको दिशामा अघि बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)