ऋण चुक्ता गरे पनि जग्गा नपाएको आरोप, विरोध गर्दा परिवारमाथि सामूहिक आक्रमण
kalakarmi.com · Wed Jul 22 05:26:07 GMT 2026

जनकपुरधाम- सर्लाहीको बसबरिया गाउँपालिका–२ मा मिटरब्याजीसँगको लामो समयदेखिको जग्गा विवाद हिंसात्मक बन्दा एकै परिवारका चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा स्थानीय इन्दल सहनी, उनका दुई सन्तान र श्रीमती रहेका छन् । उनीहरूको बरहथवास्थित अस्पतालमा उपचार भइरहेको छ ।
पीडित पक्षका अनुसार इन्दल सहनीले केही वर्षअघि स्थानीय लक्ष्मी कुर्मी राउतसँग ८ लाख रुपैयाँ ऋण लिएका थिए। ऋणको सुरक्षणका रूपमा २६ कठ्ठा जग्गा राजीनामा पास गरिएको थियो । दुवै पक्षबीच साँवा–ब्याजसहित सम्पूर्ण रकम चुक्ता गरेपछि जग्गा फिर्ता गर्ने मौखिक सहमति भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)