विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ
nagariknews.nagariknetwork.com · Wed Jul 22 05:30:34 GMT 2026

नियमित गस्तीमा रहेको प्रहरीले काठमाडौंसहित देशका विभिन्न भागबाट विभिन्न प्रकारका लागुऔषधसहित १९ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं महानगरपालिका–३१ प्रयागमार्गबाट खैरो हेरोइनसहित पाँच जना, चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नाइट्राजेपाम ६५७ ट्याब्लेटसहित दुई जना र पर्साको जगरनाथपुर गाउँपालिका–४ सुहपुरबाट २० किलो ६८७ ग्राम गाँजासहित भारतको विहार राज्यको सितागढी पञ्चायतताल डुम्रा–३३ का ३४ वर्षीय रहमद अन्सारीलाई पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)