आईसीसी विश्वकप क्रिकेट लिग–टु: नेपालको ब्याटिङमै समस्या
annapurnapost.com · Wed Jul 22 05:36:47 GMT 2026
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–टुअन्तर्गत नामिबियासँगको खेलमा नेपालको ब्याटिङमै समस्या देखिएको छ। नेदरल्यान्ड्समा मंगलबार भएको विश्वकप क्रिकेट लिग–टुको त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलोे खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो।
नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो। नामिबियालाई फराकिलो जित दिलाउन जान फ्रयाङलिनले अविजित ७८ रनको पालि खेलेका थिए। उनले ८९ बलमा एक छक्का र आठ चौका हिर्काए। यस्तै माइकल भान लिनगेनले पनि ५१ रनको अर्धशतकीय पालि खेलेका थिए। जान निकोल लफ्टी इटनले अविजित १७ रन जोडेका थिए। नेपालका नन्दन यादव र कप्तान रोहित पौडेलले एक÷एक विकेट लिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

आईसीसी विश्वकप क्रिकेट लिग टू