दाङमा निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र दुई शव भेटिए
annapurnapost.com · Wed Jul 22 05:48:24 GMT 2026

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एक घरको पानी ट्याङ्कीभित्र दुईजना पुरुषको शव फेला परेको छ। रजौरास्थित निर्माणाधीन भवनको पानी ट्याङ्कीमा दुई पुरुष मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरू गरिसकेको छ। प्रहरीका अनुसार मृतक दुवै जनाको पहिचान अझै हुन सकेको छैन। शवलाई ट्याङ्कीबाट निकालेर परीक्षण तथा पहिचानका लागि पठाउने तयारी भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)