राजनीतिक दलहरूले बीपीको विचार अनुशरण गरे तर आदर्श बिर्सिए [भिडियो]
hamrakura.com · Wed Jul 22 00:00:00 GMT 2026
काठमाडौँ । वरिष्ठ पत्रकार तथा लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ मत प्राप्त गरेकै आधारमा त्यसलाई बीपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले प्राप्त गरेको दुई तिहाइसँग तुलना गर्न नमिल्ने बताएका छन्। उनका अनुसार दुवै समयको राजनीतिक परिवेश, मूल्य-मान्यता र जनमतको आधार नै फरक थियो।
विरहीले बीपीको समयमा राजनीतिक दलहरू स्पष्ट सिद्धान्त, नीति र विचारका आधारमा अघि बढेको स्मरण गर्दै अहिले रास्वपा भने आफ्नो नीति तथा सिद्धान्तलाई अझै संस्थागत गर्ने प्रक्रियामै रहेको बताए। उनका अनुसार रास्वपाले पहिलो महाधिवेशन नै निर्वाचनपछि आयोजना गरेर नीति निर्माण थालेको हो, त्यसैले अहिलेको जनमतलाई विचार र सिद्धान्तको मतभन्दा पनि नयाँ विकल्प खोज्ने जनआकांक्षाको परिणामका रूपमा बुझ्नुपर्ने हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)