इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, ट्रम्पले भने- ‘सैन्य कारबाही जारी रहन्छ’
kendrabindu.com · Wed Jul 22 06:07:11 GMT 2026
तेहरान। इरानसँग जारी युद्धमा हालसम्म ३७ अर्ब ५० करोड अमेरिकी डलर खर्च भइसकेको अमेरिकी प्रशासनको दाबीबीच तेहरान र अन्य क्षेत्रमा बुधबार पुनः अमेरिकी हवाई आक्रमण भएको छ । यससँगै इरानले हवाई सुरक्षा प्रणाली सक्रिय पारेको छ भने दुवै पक्षबीचको तनाव अझ चर्किएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अझै समाप्त नभएको र अहिले नै सैन्य कारबाही रोक्ने अवस्था नरहेको बताएका छन्। उता अमेरिकी रक्षा मन्त्रालयका प्रमुख पीट हेग्सेथले युद्ध सञ्चालनमा हालसम्म ३७ अर्ब ५० करोड डलर खर्च भइसकेको जानकारी दिँदै सेनाका लागि थप अर्बौं डलर बजेट आवश्यक रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)