सुदूरपश्चिमका अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
onlinekhabar.com · Wed Jul 22 06:09:13 GMT 2026

६ साउन, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटको करिब ६२.२६ प्रतिशतमात्र खर्च गरेको छ । चालुतर्फको खर्च अपेक्षाकृत सन्तोषजनक रहे पनि विकास निर्माण तथा योजना कार्यान्वयनसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्च भने ६० प्रतिशतभन्दा तल सीमित भएको छ ।
प्रदेश लेखानियन्त्रक कार्यालयबाट प्राप्त विवरणअनुसार प्रदेश सरकारले रु ३३ अर्ब ४३ करोड २५ लाख ३३ हजार बजेटमध्ये रु २० अर्ब ८१ करोड ५१ लाख ११ हजार ६२ खर्च गरेको छ । यो कुल बजेटको ६२.२६ प्रतिशत हो । यसमा चालुतर्फ रु १३ अर्ब ५९ करोड २८ लाख ४७ हजार ४०० विनियोजन गरिएकामा रु नौ अर्ब २४ करोड ८६ लाख ३८ हजार ९३७ अर्थात् ६८.०४ प्रतिशत खर्च भएको छ । यस्तै, पुँजीगततर्फ रु १९ अर्ब ८२ करोड ९६ लाख ८६ हजार विनियोजन गरिएकामा रु ११ अर्ब ५६ करोड ६४ लाख ७२ हजार १२४ अर्थात् ५८.३३ प्रतिशत खर्च भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)