हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
ratopati.com · Wed Jul 22 06:27:50 GMT 2026

जेद्दाह । यमनका इरान समर्थित हुथी विद्रोही समूहले साउदी अरबविरुद्ध समुद्री नाकाबन्दी घोषणा गरेपछि साउदी कच्चा तेल बोकेर एसियातर्फ गइरहेका दुई तेल ट्याङ्कर लाल सागरमै आफ्नो मार्ग परिवर्तन गर्न बाध्य भएका छन् ।
यससँगै अमेरिका–इरान युद्धले मध्यपूर्वका दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय जलर्मामा असर पार्दै विश्व ऊर्जा आपूर्तिमा नयाँ सङ्कट निम्त्याउने सङ्केत देखिएको छ । समुद्री सुरक्षा जोखिम बढेपछि चीन र भारतका लागि साउदीको यान्बु बन्दरगाहबाट तेल बोकेर हिँडेका दुई ट्याङ्कर बाब अल–मन्दब हुँदै हिन्द महासागर प्रवेश नगरी स्वेज नहरतर्फ फर्किएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)