जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
ratopati.com · Wed Jul 22 06:33:43 GMT 2026

दाङ । दाङको बङगलाचुली गाउँपालिका–८ स्थित घोरलभिर (पिपली जंगल)बाट ११ नाल भरुवा बन्दुक बरामद गरिएको छ ।
बुधबार बिहान करिब ९ बजे उक्त क्षेत्रमा झाडीभित्र भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)