डिजिटल पहलले सुनचाँदी व्यवसाय आधुनिक र व्यवस्थित बन्नेछ: चेम्बर अध्यक्ष अग्रवाल
ajakoartha.com · Wed Jul 22 06:28:00 GMT 2026

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको डिजिटल पहलले सुनचाँदी व्यवसायलाई आधुनिक, पारदर्शी र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन् ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघद्वारा आयोजित वेबसाइट तथा मोबाइल एप शुभारम्भ कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै अध्यक्ष अग्रवालले सुनचाँदी व्यवसाय केवल व्यापार मात्र नभई नेपालको इतिहास, संस्कृति, परम्परा, कला र सभ्यतासँग जोडिएको जीवन्त सम्पदा भएको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)