रेडक्रसमा फजुल खर्च नियन्त्रणको निर्देशन, पाँचतारे होटलमा कार्यक्रम गर्न रोक
nepalpress.com · Wed Jul 22 06:41:31 GMT 2026

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले संस्थाभित्र वित्तीय अनुशासन र मितव्ययिता कायम गर्न कडा निर्देशन जारी गरेको छ । केही दिनअघि मात्र पाँचतारे होटल ‘सोल्टी’ मा आयोजित एक कार्यक्रमलाई लिएर प्रश्न उठाउँदै संस्थागत स्रोतको दुरुपयोग रोक्न र मानवीय सेवामा केन्द्रित हुन कर्मचारी तथा पदाधिकारीलाई सचेत गराइएको छ ।
आन्तरिक सर्कुलर जारी गर्दै अध्यक्ष डा. विशाल भण्डारीले मानवीय सेवाका लागि संकलित स्रोतहरू विलासी होटलमा खर्च गर्नुको साटो विपद् प्रभावित र जोखिममा रहेका समुदायको प्रत्यक्ष हितमा उपयोग हुनुपर्नेमा जोड दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)