बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पहिलो युरोपेली देश बन्यो फ्रान्स
himalpress.com · Wed Jul 22 06:42:42 GMT 2026

काठमाडौँ – फ्रान्सको संसद्ले मंगलबार साँझ ठूलो बहुमतले नयाँ कानुन पारित गर्दै १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। फ्रान्स यस्तो व्यवस्था लागू गर्ने पहिलो युरोपेली देश बनेको समाचार एएफपीले प्रकाशित गरेको छ।
यो कानुन गर्मी बिदापछि सुरु हुने नयाँ शैक्षिक सत्रदेखि लागू हुनेछ। फ्रान्सले प्रतिबन्धलाई दुई चरणमा कार्यान्वयन गर्ने योजना बनाएको छ। नयाँ सामाजिक सञ्जाल खाता खोल्ने प्रयोगकर्ताका लागि नियम सेप्टेम्बर १ देखि लागू हुनेछ भने हाल सञ्चालनमा रहेका खातामा सन् २०२७ को सुरुदेखि लागू गरिनेछ। यसका लागि सामाजिक सञ्जाल प्लेटफर्महरूले प्रयोगकर्ताको उमेर प्रमाणीकरण प्रणाली अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)