बदलिँदो समाजमा नैतिक शिक्षाको खाँचो
baahrakhari.com · Thu Aug 27 11:42:17 GMT 2026

मानिस जति नै ज्ञानी र कानुन जति नै राम्रो भए पनि पालना गर्ने व्यक्ति नै इमानदार नभए के होला ? हालैको एउटा दुःखद घटनाले यही प्रश्नलाई फेरि उजागर गरिदिएको छ ।
बाराको जीतपुर सिमरामा तीन वर्षकी सानी बालिका गरिमा चौधरीलाई घरबाट चकलेटको प्रलोभन देखाई लगिएको र त्यसपछि निर्ममरूपमा हत्या गरिएको घटनाले सिंगो देश स्तब्ध भएको छ । यस घटनामा प्रहरीले १६ वर्षका किशोरलगायत केहीलाई पक्राउ गरेको छ । अबोध बालिकाको ज्यान यसरी गुम्नु र त्यसमा पनि उमेरले किशोरावस्थामै रहेको बालकसमेत संलग्न हुनुले समाजलाई गहिरो चिन्तामा पारेको छ । यस घटनापछि न्यायको माग गर्दै सिमरादेखि काठमाडौंसम्म सर्वसाधारण सडकमा उत्रिएका छन् । यसले प्रश्न उठाउँछ — हाम्रा बालबालिका र किशोरकिशोरीले पाइरहेको शिक्षा र संस्कारमा कतै ठूलो कमी त छैन ?
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)