इरान युद्धमा अमेरिकाको ३७ अर्ब ५० करोड डलर खर्च
himalpress.com · Wed Jul 22 06:56:33 GMT 2026

काठमाडौँ – इरानको राजधानी तेहरानमा अमेरिकी हवाई आक्रमण भएपछि त्यहाँको वायु प्रतिरक्षा प्रणाली सक्रिय गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अझै समाप्त नभएको बताएका केही समयपछि यो आक्रमण भएको समाचार एजेन्सीले एपीले उल्लेख गरेको छ।
हर्मुज जलमार्ग (स्ट्रेट अफ होर्मुज) सम्बन्धी प्रारम्भिक सहमति भंग भएपछि दुई देशबीचको सैन्य तनाव पुनः चर्किएको छ। अमेरिकी सेनाले लगातार ११औँ रात पनि इरानका सैन्य अखडामाथि हवाई आक्रमण गरेको जनाएको छ। इरानी सञ्चारमाध्यमका अनुसार बुसेहर परमाणु ऊर्जा केन्द्र आसपासका क्षेत्रहरू पनि निसानामा परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)