दाङमा पानी ट्यांकीभित्र दुईजनाको शव फेला
barnanmedia.com · Wed Jul 22 07:01:50 GMT 2026

काठमाडौं । दाङमा निर्माणाधीन पानीको ट्यांकीभित्र दुईजनाको शव भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा दुई पुरुषको शव भेटिएको हो ।
मृतकको पहिचान भएको छैन । जिल्ला प्रहरी कार्यालय दाङको टोली घटनास्थल पुगेको छ । उनीहरूको मृत्यु के कारणले भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)