कालिमाटीमा काउली, लौका र आलुमा देखियो अत्याधिक विषादी
ratopati.com · Sun Jun 28 07:48:34 GMT 2026

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा भित्रिएका केही तरकारीहरूमा अत्यधिक विषादीको अवशेष भेटिएपछि तिनलाई उपभोग नगर्न र तत्काल नष्ट (विसर्जन) गर्न निर्देशन दिइएको छ ।
केन्द्रीय कृषि प्रयोगशाला, हरिहरभवन ललितपुरको प्रयोगशाला एकाइले असार १२ गते गरेको द्रुत विषादी अवशेष विश्लेषण परीक्षणको आज आएको नतिजा अनुसार बजारमा ल्याइएका केही तरकारीहरू मानव स्वास्थ्यका लागि हानिकारक र उपभोगका लागि अयोग्य पाइएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)