सेनाको हायर कमान्ड तालिमबाट ४१० अधिकृत दीक्षित
lokaantar.com

नेपाली सेनाले सञ्चालन गर्दै आएको सबैभन्दा उच्च तहको हायर कमान्ड तथा म्यानेजमेन्ट तालिमबाट हालसम्म ४१० जना सैनिक अधिकृत दीक्षित भएका छन्।
विक्रम संवत् २०७१ सालदेखि सञ्चालनमा रहेको उक्त तालिमले वरिष्ठ सैनिक अधिकृतहरूको रणनीतिक नेतृत्व क्षमता अभिवृद्धि गर्दै राज्य सञ्चालन, राष्ट्रिय सुरक्षा र व्यवस्थापनसम्बन्धी विषयमा उच्चस्तरीय ज्ञान प्रदान गर्दै आएको छ।