जंगलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
annapurnapost.com · Wed Jul 22 07:10:38 GMT 2026

दाङ : बङगलाचुली गाउँपालिका –०८ स्थित घोरलभिर (पिपली जंगल) बाट ११ नाल भरुवा बन्दुक बरामद गरिएको छ । बुधबार बिहान करिब ९ बजे जंगलको झाडीभित्र राखिएको अवस्थामा प्रहरी बरामद गरेको हो ।
प्रहरीका अनुसार झाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) गरी कुल ११ नाल भरुवा बन्दुक फेला पारी अनुसन्धान भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)