ड्रिंक एण्ड ड्राइभ केस : पूर्व अष्ट्रेलियाली क्रिकेटर डेभिड वार्नरले स्वीकारे आफ्नो गल्ती
setopati.com · Wed Jul 22 07:20:26 GMT 2026
अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डेभिड वार्नरले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको (ड्रिंक एण्ड ड्राइभ) आरोपमा आफ्नो गल्ती स्वीकार गरेका छन्। गत अप्रिल महिनामा सिड्नीमा गरिएको आकस्मिक जाँचका क्रममा उनी पक्राउ परेका थिए।
वार्नरका वकिल बबी हिलले गत मे महिनाको अदालती सुनुवाइमै क्रिकेटर वार्नरले आफ्नो गल्ती महसुस गरिसकेको र आफ्नो व्यवहार ‘मूर्खतापूर्ण’ एवं ‘लापरबाहीपूर्ण’ भएको स्वीकारेको बताएका थिए। त्यसैले वार्नरले अदालतमा गल्ती स्वीकार गर्ने अपेक्षा पहिले नै गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)