एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
ratopati.com · Wed Jul 22 07:42:25 GMT 2026

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा १२ हजार २७२ जनालाई वंशजका आधारमा नागरिकता र ८ हजार ६०७ जनालाई राहदानी उपलब्ध गराएको जनाएको छ।
कार्यालयका अनुसार एक वर्षमा ११ हजार १०० जनाले नागरिकताको प्रतिलिपि, ६३८ जनाले वैवाहिक अंगीकृत नागरिकता तथा ३२ हजार ९९० जनाले राष्ट्रिय परिचयपत्रका लागि दर्ता गरेका छन्। यस अवधिमा २ हजार ६२५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)