चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Wed Jul 22 07:34:46 GMT 2026

चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी कम्तिमा १३ जनाको मृत्यु भएको जनाइएको छ। आँधीका काराण करीव ६० हजार किलो मिटर भन्दा बढी सडकहरू प्रभावित भएको जनाउँदै सरकारी अधिकारीहरूले राहत तथा उद्धार प्रयास मार्फत आधारभूत सेवाहरू पुनस्र्थापना गर्नमा ध्यान केन्द्रित गरेको उल्लेख गरेका छन्।
गत जुलाई १५ मा देशको दक्षिणी भागबाट सुरु भएको आँधीले कोकिम्बो र अटाकामाको सामान्यतया सुक्खा क्षेत्रहरूमा प्रहार गरेको जनाइएको छ। चिलीको सेनाप्रेड राष्ट्रिय आपतकालीन सेवाका निर्देशक एलिसिया सेब्रियनले पत्रकारहरुसँगको साक्षातकारमा १३ जनाको मृत्यु भएको पुष्टि गर्दै सात जना बेपत्ता भएको बताउनुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)