बीपीलाई सम्झिँदा पनि मिलाप गर्न नसकेका कांग्रेसी
nepalviews.com · Wed Jul 22 07:54:07 GMT 2026

नेपाली कांग्रेसका संस्थापक नेता तथा जननायक बिश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रमका साथ मनाइयो । देशभर ग्रिन दौड भए, विचार गोष्ठी आयोजना गरिए, बिरामीलाई फलफूल वितरण गरियो, बीपीको योगदानबारे भाषण भए र सामाजिक सञ्जालमा श्रद्धाञ्जलिका सन्देशहरूको बाढी नै आयो । तर, बीपीलाई सम्झने दिनमा कांग्रेसले सबैभन्दा बढी सम्झनुपर्ने उनको एउटा राजनीतिक दर्शन भने व्यवहारमा कतै देखिएन— राष्ट्रिय मेलमिलाप ।
विडम्बना त के छ भने, मेलमिलापका सिद्धान्तकारलाई सम्झन कांग्रेस आफैं मेलमिलाप गर्न सकेन । बीपीको तस्वीरअघि माल्यार्पण गर्ने नेताहरू एउटै मञ्चमा उभिन सकेनन् । एउटै पार्टीका दुई धारले एउटै नेतालाई छुट्टाछुट्टै कार्यक्रम गरेर सम्झिए । यसले एउटा प्रश्न उठाएको छ— बीपीलाई कांग्रेसले सम्झिरहेको छ कि केवल प्रयोग गरिरहेको छ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)