सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, भन्यो : आफ्नै पालिकामा सम्पर्क गर्नू (नामसहित)
annapurnapost.com · Wed Jul 22 08:01:38 GMT 2026

काठमाडौं : सरकारले काठमाडौंको नदी किनारबाट विस्थापित गरेको सुकुम्वासीलाई गृह जिल्लामा फर्काउने भएको छ । गत वैशाख ११ गतेदेखि डोजर चलाएर विस्थापित सुकुम्बासीमध्ये होल्डिङ सेन्टरमा पठाएका परिवारमाथि छानबिन गर्दै सुकुम्बासीलाई स्थायी ठेगाना भएको जिल्लामा गएर पालिकामा सम्पर्क गर्न सूचना जारी गरेको हो।
भूमी समस्या समाधान समितिले सूचना जारी गर्दै ३८८ परिवारका एक हजार ४८८ जनाको सम्पत्ति छानबिन गरेको थियो । त्यसमध्ये कतै पनि सम्पत्ति फेला नपरेको २९ जनाको सूची प्रकाशित गर्दै गृह जिल्लाका पालिकामा सम्पर्क गर्न सूचना जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)