डा. गोविन्द केसी सत्याग्रहमा, बिहीबारदेखि अनसन
baahrakhari.com · Wed Jul 22 08:15:27 GMT 2026

काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका बेथितिविरुद्ध प्रा.डा. गोविन्द केसीले बिहीबारदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजी स्वार्थको कब्जामा पुर्याउने प्रयास भइरहेको आरोप लगाउँदै दार्चुलाबाट अनसनको घोषणा गरेका हुन् ।
सरकारलाई दिएको अल्टिमेटमको समयसीमाभित्र मागहरू बेवास्ता गरिएको भन्दै उनले विज्ञप्ति जारी गर्दै कडा आन्दोलनको चेतावनी दिएका छन् । विज्ञप्तिमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विशुद्ध गैरनाफामूलक सार्वजनिक क्षेत्र हुनुपर्नेमा जोड दिँदै ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ले २०८५ सालभित्र यस क्षेत्रलाई पूर्ण गैरनाफामूलक बनाउने मार्गचित्र तय गरे पनि सरकारले कार्यान्वयनमा कुनै तत्परता नदेखाएको आरोप लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)