कांग्रेस सांसद शाहको पक्राउ पुर्जी ‘यथास्थिति’मा राख्न सर्वोच्चको आदेश
baahrakhari.com · Wed Jul 22 08:23:28 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहका नाममा जारी भएको पक्राउ पुर्जी तत्कालका लागि यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले बुधबार गृह मन्त्रालय, जिल्ला अदालत कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । कांग्रेस सांसद शाहले पक्राउ पुर्जी रोक्न माग राखेर मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)