तीस खर्ब पुग्न लाग्यो सार्वजनिक ऋण, एक बर्षमै बढ्यो तीन खर्ब ८५ करोड ऋण
corporatenepal.com · Wed Jul 22 08:37:33 GMT 2026

काठमाडौं । नेपालको सार्वजनिक ऋण आर्थिक वर्ष २०८२–८३ को अन्त्यसम्म झण्डै ३० खर्ब पुगेको छ । यस अवधिमा ऋण २९ खर्ब ७४ अर्ब ९० करोड रुपियाँ पुगेको हो । मन्त्री बन्नुअघि अर्थमन्त्री स्वर्णिम वाग्ले स्वयमले सार्वजनिक ऋण बढी भएको बताउँदै आए पनि मन्त्री भएपछि यस्तो ऋण घट्नुको सट्टा झन बढेको छ ।
तथ्यांकअनुसार एक वर्षअघि सार्वजनिक ऋणको आकार २६ खर्ब ७४ अर्ब चार करोड रुपियाँ रहेको थियो । यो बीचमा तीन खर्ब ८५ करोड रुपियाँले बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो वृद्धि ऋण परिचालनसँगै वैदेशिक विनिमय दरमा आएको परिवर्तनका कारण भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)