एप्पलको २०औँ वार्षिकोत्सव विशेष: आईफोन २० प्रो म्याक्समा झन्डै ७ इन्चको डिस्प्ले रहने चर्चा
techpana.com · Wed Jul 22 08:40:04 GMT 2026

काठमाडौं । एप्पलले आफ्नो आगामी २०औँ वार्षिकोत्सवको अवसरमा आईफोनको ‘प्रो’ लाइनअपमा ठुलो परिवर्तन गर्ने तयारी गरिरहेको संकेत मिलेको छ । हालै बाहिरिएका विवरण अनुसार कम्पनीले आईफोन २० प्रो म्याक्सको लागि झन्डै ७ इन्चको ठुलो डिस्प्ले परीक्षण गरिरहेको छ ।
चिनियाँ सामाजिक सञ्जाल वेइबोमा चर्चित टिपस्टर ‘ डिजिटल च्याट स्टेसन ’ ले सार्वजनिक गरेको विशेष जानकारी अनुसार एप्पलले हाल ६.९६ इन्चको डिस्प्लेको प्रोटोटाइप तयार पारिरहेको छ । यो नयाँ डिस्प्ले हालको आईफोन १७ प्रो म्याक्सको प्यानलभन्दा ०.०६ इन्चले ठुलो हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)