त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
ratopati.com · Wed Jul 22 08:59:20 GMT 2026

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) दिवसको अवसरमा भोलि (बिहीबार) त्रिवि शिक्षण अस्पतालको बिहानी सत्र (आधा दिन) मात्र सेवा सञ्चालन हुने भएको छ । अस्पताल प्रशासन प्रमुख भोजराज भट्टले बिहीबार स्पतालमा दिउँसोको सेवा बन्द हुने जानकारी दिएका हुन् ।
उनले जारी गरेको सूचना अनुसार भोली इमर्जेन्सी (आकस्मिक) सेवा बाहेक दिवा सत्रका सम्पूर्ण नियमित सेवाहरू बन्द रहनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)