अवैध लागूऔषधसहित चार जना पक्राउ
annapurnapost.com · Wed Jul 22 08:54:56 GMT 2026

काठमाडौं : लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले अवैध लागूऔषध सहित दुई जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका–४ बस्ने ४५ वर्षीय दिपक श्रेष्ठ र बझाङ खप्तडछान्ना गाउँपालिका–१ घर भएका ३५ वर्षीय सागर जेठारा रहेका छन् । पक्राउमध्ये दिपकलाई अवैध लागूऔषध खैरो हेरोइन १ सय ३६ ग्राम र नगद १ लाख रूपैयाँ तथा सागरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ४ सय ९० ट्याब्लेट, टापेन्टाडोल ७ हजार ६२ ट्याब्लेट, नाइट्राजेपाम १ हजार ८८ ट्याब्लेट र प्रिग्याबालिन ९० हजार ट्याब्लेट सहित पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)