कीर्तिपुर कार आगलागी रहस्य: व्यवसायीले आफैं पेट्रोल छर्केर लगाए थिए आगो
kalakarmi.com · Wed Jul 22 09:06:27 GMT 2026

काठमाडौं – कीर्तिपुरको ट्याङ्लाफाँटमा मंगलवार बिहान कारमा आगलागी हुँदा जलेर मृत्यु भएका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठको घटनाबारे प्रहरीले प्रारम्भिक अनुसन्धान टुंग्याउँदै यो नियोजित आत्मदाह भएको निष्कर्ष निकालेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मेडिकल व्यवसायी रहेका श्रेष्ठले आफैं गाडी सुनसान स्थानमा पुर्याई भित्र पेट्रोल छर्केर आगो लगाएका थिए । घटनास्थलको सीसीटीभी फुटेज, गाडीको अवस्थालगायतका प्रमाणका आधारमा बाह्य व्यक्तिको संलग्नता नदेखिएको प्रहरीको भनाइ छ
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)