प्रधानमन्त्रीले फेसबुकमा स्टाटस लेख्दैमा कसरी हट्छ शिक्षा र स्वास्थ्यको कर ?
ajakoartha.com · Wed Jul 22 09:06:00 GMT 2026

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा स्टाटस लेख्दै चालु आर्थिक वर्षदेखि निजी शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत समता कर हटाइएको बताएका छन् । उनले यसो लेखिरहँदा सरकारमा गम्भीर खटपट सुरु भएको आँकलन गरिएको छ । किनकी यो घोषणा विभागीय मन्त्री वा मन्त्रीपरिषद्ले गर्दा स्वभाविक हुन्थ्यो । प्रधानमन्त्री साहसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको मतभेद बढेकोबेला यो घोषणा भएको छ । त्यसमा पनि अर्थमन्त्रीलाई थाहै नदिएर कर हटाउने घोषणा गरिएको छ । यति मात्र होइन आर्थिक क्षेत्रका अगुवाहरुसँग छलफल गर्ने क्रममा पनि प्रधानमन्त्रीले अर्थमन्त्रीलाई सँगै राख्ने गरेका छैनन् । अर्थमन्त्रालय पनि प्रधानमन्त्रीले नै चलाएको जस्तो देखिएको छ । यसले रास्वपामा ठूलो शक्तिसंघर्ष चर्किएको सहजै अनुमान गर्न सकिन्छ ।
प्रधानमन्त्री शाहले समता कर अहिले भनेअनुसार लागू गर्दा आममानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखिएकाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि लागू नगर्ने निर्णय गरिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)