मन्त्री बादीसँग सांसद रमेश प्रसाईंले भने: अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित होस्
nagariknews.nagariknetwork.com · Wed Jul 22 09:13:09 GMT 2026

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र प्रतिनिधिसभा सदस्य रमेश प्रसाईबीच मंगलबार मन्त्रालयमा अपाङ्गता भएका व्यक्तिको अधिकार, समावेशी विकास तथा आर्थिक सशक्तीकरणका विषयमा छलफल भएको छ।
छलफलका क्रममा सांसद प्रसाईले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन, अधिकार संरक्षण, सम्मानपूर्ण जीवनयापन, समावेशी विकास तथा सामाजिक–आर्थिक सशक्तीकरणका लागि आवश्यक नीतिगत तथा व्यावहारिक सुधारका विषयमा आफ्ना सुझाव प्रस्तुत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)