बनेपा रेडक्रस होल्डिङ सेन्टरका ७ सुकुमवासीलाई इचङ्गुनारायण सारियो
onlinekhabar.com · Wed Jul 22 09:28:52 GMT 2026

६ साउन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलस्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा बसिरहेका विस्थापित ७ जना सुकुमवासीहरूलाई नागार्जुनस्थित इचङ्गुनारायण होल्डिङ सेन्टरमा लगिएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका समाजशास्त्री खगेन्द्र विष्टको नेतृत्वमा आएको टोलीले ११ जना मध्ये ७ जना सुकुमवासीहरूलाई नागार्जुनस्थित इचङ्गुनारायण होल्डिङ सेन्टरमा लगिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)