कर्मचारीलाई सञ्चारमन्त्रीको चेतावनी- ढिलासुस्ती गर्नेलाई कारबाही हुन्छ
himalpress.com · Wed Jul 22 09:33:26 GMT 2026

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका सबै निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्यसंस्कृति विकास गरी व्यापक प्रशासनिक सुधारका साथ चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
बुधबार सञ्चार मन्त्रालयमा आयोजित कर्मचारी बैठकमा उनले मन्त्रालयबाटै निर्णय हुनसक्ने फाइल एकैदिनमा टुङ्ग्याउने तथा अन्तरनिकाय समन्वय आवश्यकपर्ने फाइल पाँच दिनभित्र अन्तिम निर्णयमा पुर्याउने व्यवस्था तत्काल लागू गर्नसमेत निर्देशन दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)