साउदी अरबले लागू गर्यो सिप प्रमाणीकरण कार्यक्रम, नेपाली श्रमिकमाथि थपियो ३० हजार अतिरिक्त शुल्क
barnanmedia.com · Wed Jul 22 09:37:23 GMT 2026

काठमाडौं– साउदी अरबले नेपाली श्रमिकका लागि विवादित सिप प्रमाणीकरण कार्यक्रम (स्किल भेरिफिकेसन प्रोग्राम–एसभीपी) जबरजस्ती कार्यान्वयनमा ल्याएको छ। नेपाल सरकारको पटक–पटकको आग्रह र वैदेशिक रोजगार व्यवसायीहरूको तीव्र विरोधका बाबजुद साउदी पक्षले निजी कम्पनीमार्फत शुल्क उठाउन थालेपछि वैदेशिक रोजगार क्षेत्रमा असन्तुष्टि बढेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले उक्त कार्यक्रम तत्काल कार्यान्वयन नगर्न साउदी पक्षलाई औपचारिक रूपमा अनुरोध गरेको थियो। मन्त्रालयका अनुसार नेपालका लागि साउदी अरबका राजदूतले श्रममन्त्रीसँगको भेटमा कार्यक्रम तत्काल अघि नबढाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए। तर त्यसको विपरीत साउदी दूतावासले गोप्य रूपमा निजी कम्पनीलाई परिचालन गरी शुल्क संकलन प्रक्रिया अघि बढाएको व्यवसायीहरूको आरोप छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)