डा. शशांक कोइरालाले भने- पार्टीलाई एकताबद्ध बनाउने जिम्मा वर्तमान नेतृत्वको हो
onlinekhabar.com · Wed Jul 22 10:25:14 GMT 2026

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्र देखिएका असन्तुष्टि, मतभेद र विवादहरूलाई समयमै सम्बोधन गरी संगठनलाई थप सुदृढ, गतिशील र एकताबद्ध बनाउने प्रमुख जिम्मेवारी वर्तमान नेतृत्वको रहेको बताएका छन् ।
४४औं वीपी स्मृति दिवसको अवसरमा वक्तब्य जारी गर्दै कोइरालाले नेतृत्वले सवै नेता कार्यकर्ताको स्वाभिमानलाई सम्मान गर्दै संवाद, सहमति र सहकार्यको वातावरण निर्माण गर्नसके मात्र कांग्रेस वास्तविक रूपमा एकताबद्ध हुने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)