कांग्रेस सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश
annapurnapost.com · Wed Jul 22 10:25:46 GMT 2026

काठमाडौं : सर्वोच्च अदालतले कांग्रेस सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न आदेश जारी गरेको छ। बुधबार न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले सांसद शाहलाई पक्राउ गर्नुको कारण सोध्दै अन्तरिम आदेश जारी गरेको हो।
कपिलवस्तु जिल्ला अदालतले कुटपिट आरोपमा सांसद शाहलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएपछि त्यसका विरुद्धमा शाहले सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन दायर गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)