शिक्षा र स्वास्थ्य कर छुट दिनेसहित यी हुन् बालेन सरकारका ७ निर्णय
clickmandu.com · Wed Jul 22 10:34:09 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको मन्त्रिपरिषद्ले शिक्षा र स्वास्थ्य सेवामा लगाइएको कर हटाउने निर्णय गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत ल्याएको ‘शिक्षा समता शुल्क’ र ‘स्वास्थ्य समता शुल्क’ लाई सरकारले पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री बालेन शाहले हिजो मात्रै सामाजिक सञ्जालमार्फत यी करहरू हटाउने घोषणा गरेका थिए । सोही घोषणालाई कार्यान्वयन गर्दै आज बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा र स्वास्थ्य समता शुल्कमा पूर्ण छुट दिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)