मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
ratopati.com · Wed Jul 22 10:36:52 GMT 2026

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बुधबरा बसेको बैठकले नियुक्ति, शुल्क छुट र छानबिन समिति गठन सहितका ६ वटा निर्णय गरेको जानकारी दिए ।
बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्य र श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्ने निर्णय भएको छ । त्यसैगरी, गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्र राज कुँवरलाई नियुक्त गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)