कर्मचारीको खातामा पुग्यो ३ महिनाको तलब बराबर अग्रिम बोनस
kalakarmi.com · Wed Jul 22 10:49:54 GMT 2026

काठमाडौं- आर्थिक वर्ष २०८२/८३ सम्पन्न भएसँगै वाणिज्य बैंकहरूले आफ्ना कर्मचारीलाई गत वर्षको मुनाफाबाट अग्रिम बोनस वितरण गर्न थालेका छन् । यसक्रममा नबिल बैंकले आफ्ना कर्मचारीलाई तीन महिनाको तलब बराबरको अग्रिम बोनस प्रदान गर्दै हालसम्म सबैभन्दा बढी अग्रिम बोनस वितरण गर्ने वाणिज्य बैंक बनेको छ ।
बैंकिङ क्षेत्रको प्रचलित अभ्यासअनुसार आर्थिक वर्ष सकिएलगत्तै कर्मचारीलाई मुनाफाको आधारमा बोनसको केही हिस्सा अग्रिम रूपमा उपलब्ध गराइन्छ। सोही अभ्यासअनुसार नबिल बैंकले साउनको पहिलो सातामै कर्मचारीको खातामा तीन महिनाको तलब बराबरको बोनस जम्मा गरेको बैंकिङ स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)