मुख्यमन्त्रीले दिए प्रदेशसभा विघटनको धम्की, सरकार गठनको बाटो समाप्त नभएको संविधानविद्को तर्क
baahrakhari.com · Wed Jul 22 10:50:00 GMT 2026

काठमाडौं । कोसीका मुख्यमन्त्री हिक्कमत कार्कीले आफू सत्ताबाट बाहिरिनुपरे प्रदेशसभा विघटन गर्ने धम्की दिएपछि कोसी प्रदेशमा नयाँ सरकार गठनबारे संशय पैदा भएको छ ।
संविधानको अन्तिम विकल्पअन्तर्गत आफ्नो सरकार गठन भएकाले सर्वोच्चको व्याख्याअनुसार आफूलाई विघटनको अधिकार रहेको तर्क कार्कीले गरिरहेका छन् । संविधानविद्हरूले भने सरकार गठनको संभावना कायमै हुँदासम्म मुख्यमन्त्रीलाई प्रदेशसभा विघटनको अधिकार नभएको बताएका छन् । दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनको अवस्था रहेसम्म धारा अघिल्ला विकल्पमा जान सकिने संविधानविद्हरूको तर्क छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)