सरकारको नयाँ निर्णय: दुई विमानस्थलको शुल्कमा भारी छुट
kalakarmi.com · Wed Jul 22 10:51:50 GMT 2026

काठमाडौं- पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान बढाउने उद्देश्यले सरकारले एयरलाइन्स कम्पनीहरूलाई विभिन्न शुल्कमा आकर्षक छुट दिने निर्णय गरेको छ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले २०८५ भदौ मसान्तसम्म यी दुई विमानस्थलबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्कमा शतप्रतिशत छुट तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)