रास्वपाका सांसद केपी खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि...
barnanmedia.com · Sun Jun 28 08:09:30 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले सभामुख डोलप्रसाद अर्याललाई ‘कर्मचारी महोदय’ भनी सम्बोधन गरेका छन्। संसद्को आकस्मिक समयमा बोल्दै खनालले ‘कर्मचारी महोदय’ भनेपछि केही बेर सदनमा खासखुस चलेको थियो।
सभामुख र सांसद खनाल दुवै रास्वपाका हुन्। सम्बोधनमा शब्द चिप्लिए पनि खनालले आफ्नो मन्तव्यलाई भने निकै आक्रामक रूपमा अगाडि बढाएका थिए। सांसद खनालले कैलालीको लम्कीचुवा अस्पतालको दयनीय अवस्था र त्यहाँका कर्मचारीमाथि भएको दुर्व्यवहारको विषय उठाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ध्यानाकर्षण गराउँदा चिप्लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)