मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
ratopati.com · Wed Jul 22 11:13:04 GMT 2026

हेटौँडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का ६ जना मन्त्रीले आज सामूहिक राजीनामा दिएका छन् । उनीहरुले राजीनामा मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई भेटेर बुझाउन खोजेपनि उनले भेट दिन नचाहेपछि मुख्यमन्त्री कार्यालयमै राजीनामापत्र बुझाएर हिँडेका छन् । बानियाँ भने बुधबार कार्यक्रममा चितवनतिर गएको उनी निकट स्रोतले बतायो ।
राजीनामा दिने एमालेका मन्त्रीहरूमा कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा। दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ छन् । त्यसैगरी बिना विभागीय मन्त्रीहरू किरण थापा मगर, भरत बहादुर केसी र जयराम थापा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)