कार्गो रेलले जगाएको आशा
nepalnews.com · Wed Jul 22 11:15:19 GMT 2026

विराटनगर । भारतको कोलकाता बन्दरगाहबाट ४० वटा कन्टेनर बोकेर आएको कार्गो रेल ४ साउन दिउँसो २ बजे विराटनगर-१८ स्थित नेपाल कस्टम यार्डमा प्रवेश गर्यो। भोलिपल्ट नेपाल र भारतका सरकारी निकायका प्रतिनिधि सहभागी व्यापार सहजीकरण कार्यक्रमपछि क्रेनको सहायताले कन्टेनर उतारेर सामान सम्बन्धित उद्योगसम्म पुर्याइयो। पहिलो खेपमा रेलले स्वस्तिक आयल इन्डस्ट्रिजले आयात गरेको कच्चा पदार्थ बोकेको थियो।
करिब तीन वर्षअघि पनि परीक्षणका लागि कार्गो रेल विराटनगर आएको थियो। तर, झन्झटिलो प्रक्रिया र समन्वय अभावका कारण त्यसले निरन्तरता पाएको थिएन। यसपटक तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ लिएर आएको रेललाई विराटनगरका उद्योगी तथा व्यवसायी नियमित कार्गो सेवा सञ्चालनतर्फको महत्त्वपूर्ण सुरुआतका रूपमा लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)