दलविरोधी भाष्य र बहुदलीय लोकतन्त्रको नयाँ सङ्कट
baahrakhari.com · Wed Jul 22 11:33:32 GMT 2026
राजा महेन्द्रले २०१७ सालमा निमोठेको प्रजातन्त्र २०४६ सालको जनआन्दोलन, २०६२/६३ को आन्दोलन र नयाँ संविधान हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा पुनः स्थापित भयो । तर संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गरिसकेको, नियमित निर्वाचन भइरहेका र लोकतान्त्रिक संस्थाहरू औपचारिक रूपमा क्रियाशील देखिए पनि आज लोकतन्त्र भने असामान्य रूपमा रक्षात्मक अवस्थामा पुगेको अनुभूति हुन थालेको छ ।
यो निष्कर्ष अतिरञ्जित लाग्न सक्छ । तर पछिल्ला राजनीतिक घटनाक्रम, विशेषतः २०८२ भदौ २४ पछिको शक्ति समीकरण, त्यसपछि विकसित राजनीतिक भाष्य र नयाँ सरकारका प्रारम्भिक संकेतहरूले लोकतान्त्रिक संस्थाभन्दा व्यक्तिकेन्द्रित राजनीति बलियो बन्दै गएकोमा चिन्ता लाग्नु अस्वाभाविक होइन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)